३६ वर्षपछि काठमाडाैं उपत्यकामा धेरै वर्षा
काठमाडौं उपत्यकामा ३६ वर्षपछि धेरै वर्षा भएको छ। उपत्यकामा बुधबार बिहान ८:४५ देखि बिहीबार बिहान ८:४५ सम्मको २४ घन्टामा ९५ मिलिमिटर वर्षा भएको छ।
उपत्यकामा वर्षा भएको २४ घन्टाको रेकर्ड २७ जेठ ०३७ को २४ घन्टाको भन्दा केही कम हो। सो वर्षको २४ घन्टामा १०० दशमलव १ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाको तथ्यांक छ। उपत्यकामा यस वर्षको मनसुन सुरु भएको २८ जेठदेखि बिहीबारसम्म कुल ३९५ दशमलव २ मिलिलिटर पानी परेको महाशाखाका मौसमविज्ञ सुजन सुवेदीले जानकारी दिए।
महाशाखाका अनुसार यसअघि मनसुन सुरु भएपछि उपत्यकामा सामान्यत: २३६ दशमलव ३ मिलिमिटर वर्षा हुने गरेको थियो। सुवेदीका अनुसार यस वर्ष पूर्वी र पश्चिमी क्षेत्रका केही ठाउामा भारी वर्षा हुनसक्ने प्रक्षेपण गरिएको छ। नेपालमा मनसुन सामान्यत: २८ जेठदेखि सुरु भएर असोज पहिलो सातासम्म सकिन्छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


