Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

सानिमा बैंकका ग्राहकहरुलाई बससेवाबाट टिकट खरिद गर्दा आकर्षक क्यासब्याक

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, भाद्र, १५
सानिमा बैंकका ग्राहकहरुलाई बससेवाबाट टिकट खरिद गर्दा आकर्षक क्यासब्याक

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानी प्रोत्साहन गर्न बससेवासँग आकर्षक क्यासव्याकको व्यवस्था गरेको छ ।

उक्त व्यवस्था अन्तर्गत ग्राहकहरुले सानिमा भिसा डेबिट÷क्रेडिट कार्ड मार्फत अनलाइन भुक्तानी गरी बससेवाबाट नेपालभरिको बस टिकटको खरिदमा १५ प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म र भारतको बस टिकटको खरिदमा १५ प्रतिशत वा अधिकतम ४०० रुपैयाँसम्मको क्यासव्याक प्राप्त गर्न सक्नेछन् ।

यो योजना २०८२ भदौ १५ देखि २०८२ फागुन १४ गतेसम्मका लागि लागू हुनेछ ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट मा उपलब्ध छ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा ए।टि।एम।हरु संचालनमा रहेका छन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स