सम्पती गुणस्तरमा उत्कृष्टता : महालक्ष्मी विकास बैंकलाई भारतीय चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्ड
काठमाडौं । महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्स कोलकत्ता भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । बैंकले ‘सम्पती गुणस्तर’ अन्तर्गतको विधामा सम्मान पाएको हो ।
अगस्ट २९, २०२५ मा नयाँ दिल्लीमा आयोजित “तेस्रो इर्मजिङ्ग एसिया बैंकिङ्ग कनक्लेभ एण्ड अवार्डस” कार्यक्रममा बैंकले उक्त सम्मान प्राप्त गरेको हो । बिमस्टेक क्षेत्रमा सबैभन्दा प्रतिष्ठित रहेको बैंकिङ्ग कनक्लेभ तथा अवार्ड कार्यक्रममा भारत, श्रींलका, नेपाल, म्यानमार, बंगलादेशका बैंकहरुको सहभागिता रहेको थियो । बैंकले सम्पतीको संरचना, सम्पतीहरुको प्रभावकारी परिचालन तथा सम्पतीको गुणस्तर सुधारमा उल्लेखनिय कार्य गरे बापत उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो । यस अवार्डको प्राप्तीसँगै अन्र्तराष्ट्रिय क्षेत्रमा बैंकको पहिचान स्थापित गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
हालै मात्र महालक्ष्मी विकास बैंक र भारतको अग्रणी वित्तीय संस्था एच.डी.एफ.सी बैंकबीच सीमा–पार वित्तीय सेवाहरुलाई प्रवद्र्धन गर्न तथा भारतबाट नेपालमा भुक्तानी सम्बन्धी कार्य गर्न समझदारी भएको छ । समझदारी अन्तर्गत महालक्ष्मी विकास बैंकले ग्राहकहरुले भारतबाट नेपालमा भुक्तानी गर्न मिल्ने प्रणालीे सञ्चालनमा ल्याएको हो
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


