Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

सुनको मूल्यमा नयाँ किर्तीमान, तोलाको दुई लाख पाँच हजार तीन सय

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, भाद्र, १६
सुनको मूल्यमा नयाँ किर्तीमान, तोलाको दुई लाख पाँच हजार तीन सय

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले निरन्तर किर्तीमान कायम गरिररहेको छ । आइतबार स्थानीय बजारमा प्रतितोला रू दुई लाख तीन हजार ६०० मा किनबेच भएर हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य सोमबार तोलामा रू एक हजार सात सय बढेको हो । आज सुन प्रतितोला रू दुई लाख पाँच हजार तीन सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू दुई हजार ४७० पुगेको छ । आइतबार चाँदी प्रतितोला रू दुई हजार ४२५ मा खरिदबिक्री भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔस अमेरिकी डलर तीन हजार चार सय ८० हाराहारीमा कारोबार भइरहेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स