अब भान्सामा भाँडा बजाउन,राति चर्को स्वरमा बोल्दा वा ठूलो आवाज निकाल्दा ३ लाखसम्म जरिवाना
काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ध्वनि प्रदूषण न्यूनिकरणका लागि सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। कार्यालयले जारी गरेको सूचनामा राति अबेरसम्म फोनमा चर्को स्वरले कुरा नगर्न, बिहानै वा राति प्रेसर कुकरमा सिट्ठी नलगाउन र ध्वनि नियन्त्रण उपकरण प्रयोग नगरी गीत–संगीत अभ्यास नगर्न अनुरोध गरिएको छ।
प्रहरीका अनुसार, ध्वनि प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकाले गर्भवती महिला, मुटुका बिरामी, वृद्धवृद्धा तथा बालबालिकामा यसको गम्भीर असर पर्न सक्छ। यसले मानसिक, शारीरिक र शैक्षिक स्वास्थ्यसँगै सामाजिक, आर्थिक गतिविधि र नैतिक मूल्यमा समेत नकारात्मक प्रभाव पार्ने चेतावनी प्रहरीले दिएको छ।
प्रहरीले राति अबेरसम्म म्युजिक बजाएर नाचगान नगर्न, टेलिभिजन वा साउन्ड सिस्टम ठूलो आवाजमा नचलाउन, ढोकाको बेल अनावश्यक रूपमा नबजाउन र बिहान नित्यकर्मका क्रममा खोक्दा वा खकार्दा सचेत रहन आग्रह गरेको छ।
ध्वनि प्रदूषण गर्ने व्यक्ति वा संस्थामाथि ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने कानुनी व्यवस्था रहेको प्रहरीको भनाइ छ। साथै, टोल–छिमेकमा यस्ता गतिविधि भएमा १०० वा १०३ मा फोन गरेर जानकारी दिन समेत अनुरोध गरिएको छ।

सम्बन्धित समाचार
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


