स्मार्ट च्वाईस टेक्नोलोजिजले थ्रीडीएस एसीएस सेवा सुरु, अनलाइन भुक्तानीमा बढ्यो सुरक्षा
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) ले 3DS Access Control Server (ACS) सेवा सफलतापूर्वक सुरु गरेको छ। यो सेवा विश्वव्यापी 3D Secure प्रोटोकलको महत्वपूर्ण अंश हो, जसले कार्डबाहकलाई अनलाइन कारोबार गर्दा सहज प्रमाणीकरण गर्न सहयोग पुर्याउँछ र ठगीविरुद्ध उच्चस्तरको सुरक्षा सुनिश्चित गर्छ।
स्मार्ट च्वाईस टेक्नोलोजिजले सुरु गरेको यस सेवामा ग्लोबल आइएमई बैंक पहिलो बैंकका रूपमा आबद्ध भएको छ। त्यस्तै, एनएमबि बैंक पनि यस प्रणालीमा जोडिसकेको छ। यी सहकार्यहरूमार्फत दुवै बैंकका कार्डबाहकले अनलाइन कारोबार गर्दा अझ सुरक्षित र सजिलो प्रमाणीकरण सुविधा पाउनेछन्।
कम्पनीले जनाएको अनुसार, एसीएस सेवाले अनलाइन भुक्तानी प्रक्रियामा रियल–टाइम प्रमाणीकरण सुनिश्चित गर्नेछ। यसले डिजिटल कारोबारमा ठगी रोकथाम, अनलाइन किनमेल, टिकटिङ तथा अन्य भुक्तानी अनुभवलाई अझ सहज र विश्वासिलो बनाउने अपेक्षा गरिएको छ।
स्मार्ट च्वाईस टेक्नोलोजिजका अनुसार, यो सेवा नेपालमा डिजिटल भुक्तानी क्षेत्रको नयाँ प्रगतिका रूपमा स्थापित भएको छ। यसले ग्राहकको डिजिटल च्यानलमा विश्वास बढाउनुका साथै, अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक संस्थाहरूले अपनाउने सुरक्षाका मापदण्डसँग नेपाललाई नजिक ल्याउनेछ।
सम्बन्धित समाचार
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


