Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

हरो मोटोकर्पद्वारा “हाम्रो परम्परा” फेस्टिभ स्किम सार्वजनिक

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, भाद्र, २०
हरो मोटोकर्पद्वारा “हाम्रो परम्परा” फेस्टिभ स्किम सार्वजनिक

काठमाडौं । नेपालको दुईपाङ्ग्रे बजारमा सर्वाधिक विश्वासिलो र लोकप्रिय ब्राण्डको रुपमा परिचित हिरो मोटोकर्पले वडा दशै, दिपावली तथा छटपर्वलाई लक्षित गदै “हाम्रो परम्परा २०८२” स्किम सार्वजनिक गरेको छ । पछिल्लो समय दुईपाङ्ग्रे वजारमा अक्रामक रुपमा आफुलाई प्रस्तुत गदै Hero ब्राण्डका मोटरसाईकल तथा स्कुटरहरुको विक्रीमा प्रवर्धन एवं बजार हिस्सामा आफुलाई दरिलो रुपमा अग्रसर गराउँदै नयाँ नयाँ व्राण्ड सहित आउँदो मिति २०८२ भाद्र १६ देखि कार्तिक २९ गते सम्मका लागी उक्त स्किम ग्राहक माझ ल्याएको जानकारी गराईएको छ । उक्त स्किम अन्र्तगत स्योरसट डिजिटल स्क्रास्च मार्फत न्यूनतम रु. ८ हजारदेखि रु. ५ लाखसम्म क्यास डिस्काउन्ट पाउन सकिनेछ भने एक्सचेन्जमा स्योरसट डिजिटल स्क्रास्चमा रु. ८ हजार र थप रकम रु. २०८२ रुपैयाँ थप गरि न्यूनतम रु. १०,०८२ रुपैयाँ देखि १ लाखसम्म क्यास डिस्काउन्ट पाउन सक्ने जनाईएको छ ।

यस स्किम मार्फत फाइन्नान्स गर्दा कुनैपनि किसिमको सर्भिस चार्ज नलाग्ने जानकारी गराईएको छ । हिरो मोटोकर्पले आफ्नो नविनतम उत्पादनहरू जुम १२५ हालै नाडा अटो सो मा सार्वजनिक गरेको छ । आफ्ना ग्राहकहरुको चहाना एवं विश्वासलाई कदर गदै विस्तारै नयाँ नयाँ व्राण्डहरु वजारमा भित्राउँदै गईरहेको हिरो मोटोकर्पले जनाएको छ । सार्वजनिक भएको जुम १२५ मा अन्य व्राण्डको तुलनामा आकर्षक डिजाइन, १४ इन्चको रिम, ० देखि ६० कि.मी. सम्मको स्पीड ७.६ सेकेण्डमा निधारण गर्दछ । साथै प्युल लिड वजर लगायतका अन्य आकर्ष फिचरहरु समेत रहेको बताइएको छ ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स