Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

१० वर्षीया बालिकामाथि जबरजस्ती करणी गर्ने ६२ वर्षीय वृद्ध पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, भाद्र, २२
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी गर्ने ६२ वर्षीय वृद्ध पक्राउ

काठमाडौं । मकवानपुरमा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । बकैया गाउँपालिका १ रजुवा बस्ने ६२ वर्षीय प्रेम बहादुर ध्यावालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उनले ती बालिकामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरी दर्ता भएपछि इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स