Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, भाद्र, २६
सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

काठमाडौं। काठमाडौंका मेयर बालेन्द्र शाहले अन्तरिम सरकारको नेतृत्वमा पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नाममा सहमति जनाएका छन् । फेशबुकमार्फत आज उनले जेन जी लाई सम्बोधन गर्दै यस्तो लेखेका हुन् । शाहले रास्ट्रपति रामचन्द्र पौडेललाई तत्काल सरकार गठन र संसद्को विघटन गर्न भनेका छन् । जेन जीले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्नपनि उनले भनेका छन् ।

प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह,
अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ। यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला।अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ।यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने,देशलाई नयाँ जनादेश दिने हो।

यो अन्तरिम र चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ । तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु। तपाईँहरू कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा यसैले जनाउँछ। अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने—तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला।

सम्माननिय रास्ट्रपति ज्यु ,
जेनजिहरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्नु होला ।

naima expoTop Changing Nepal

युट्युब सट्स