काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
काठमाडौं । काठमाडौं महानगरपालिकाले पर्सि (सोमबार) बाट विद्यालयहरूमा पठनपाठन सुरु गर्ने निर्णय गरेको छ । गत २३ र २४ गते जेनजीहरूको प्रदर्शनपछिको अवस्थाका कारण बन्द भएका विद्यालयहरू सोमबारबाट पठनपाठन सुरु गर्ने निर्णय गरेको हो ।
त्यस्तै, शिक्षक तथा कर्मचारीहरूलाई भने आइतबारदेखि नै विद्यालयमा उपस्थित गराउने निर्णय भएको महानगरपालिकाले जनाएको छ ।
विद्यालयमा उपस्थित भई विद्यालयको प्रशासनिक कार्यका साथै सरसफाई सम्बद्ध कार्यहरू गर्न पनि महानगरले आग्रह गरेको छ । साथै विद्यालयमा कुनै प्रकारको क्षती देखिएमा काठमाडौँ महानगरपालिकामा सोको विवरण उपलब्ध गराउन पनि उसले सूचना जारी गरेको छ ।
‘विद्यार्थीका अभिभावकहरुसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्ने, अवस्था सामान्य नहुन्जेल आफ्ना बालबालिकालाई विद्यालयमा ल्याउन र लैजाने कार्य गर्न अनुरोध गर्ने,’ महानगरपालिकाको निर्णयमा भनिएको छ।
विद्यालयमा अभिभावकसँग आउन र जान नसक्ने विद्यार्थीलाई भर्चुअल कक्षामार्फत सहजीकरण गर्ने पनि जनाइएको छ ।

सम्बन्धित समाचार
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


