पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
काठमाडौं। पूर्वमन्त्री सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेकी छन् । पूर्व शिक्षा मन्त्री श्रेष्ठले आज (आइतबार) रास्वपा छाडेको औपचारिक घोषणा गरेकी हुन् ।
रास्वपामा पार्टी सभापति रवि लामिछाने र पूर्व मन्त्री श्रेष्ठबीच टकराव रहेको थियो । लामिछानेले हिजो भिडिओ सन्देश जारी गर्दै भनेका थिए, ‘आफ्नै पार्टी परिवारभित्रका साथीहरु मेरो कहीँकतै गुनासो छैन । म सबै साथीहरुको स्वतन्त्रताको सम्मान गर्छु । तपाईँहरुलाई राम्रो हुन्छ भने रवि लामिछाने तपाईँहरुको यात्राको बाधक बन्दैन । रास्वपा कुनै पनि साथीहरुको व्यक्तित्व निर्माणको प्लेटफर्म बनेको रहेछ भने पनि म त्यसमै खुसी छु ।’
पार्टी परित्याग गरेको जानकारी दिँदै सुमनाले भनेकी छन्, ‘कहिलै गल्ती नस्विकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने। जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दामाथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै आलोचना गर्दै आएको हुँ। तर त्यसले कत्ति पनि फरक पारेन। अझ उल्टै मिडिया ट्रायल हुन थाल्यो। यो स्वीकार्य छैन। अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होल । आइ क्विट, मैले पार्टी छोडेँ ।’
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?


