सवारी चालक अनुमतिपत्र समयमै उपलब्ध गराउनुपर्नेमा मन्त्री घिसिङको जोड
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सवारी चालक अनुमतिपत्र समयमा उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् । आज मन्त्रालयको पदभार ग्रहणपछि उनले अनुमतिपत्र ढिलो प्राप्त हुने गुनासोको सम्बोधन गर्न द्रूत गतिमा वितरण गर्नुपर्ने बताए ।
मन्त्री घिसिङले सोअनुरुप कार्य गर्न सम्बन्धित कर्मचारीलाई आग्रहसमेत गरे । दसैँअघि सडक सुधार गर्नुपर्नेमा पनि उनको जोड छ ।
‘सेवा प्रणालीलाई छिटो प्रवाह गर्ने गरी काम गर्नुपर्छ । चुनौती त धेरै छन् तर जिम्मेवारीबाट भाग्ने छुट छैन,’ मन्त्री घिसिङले भने, ‘कार्बन उत्सर्जन कटौती गरेर जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि विद्युतीय सवारी साधन प्रवर्द्धन गर्नुपर्छ । यसका लागि चार्जिङ स्टेशन निर्माणबारे सात दिनभित्र प्रतिवेदन तयार गर्नुस् । अनि पेट्रोल तथा डिजेलको आयात घटाएर आर्थिक सुधार गर्न सकिन्छ ।’
पदभार ग्रहणपछि गरिएको निर्णयअनुसार विद्युतीय सवारी साधन चार्ज गर्ने पूर्वाधार, मर्मत सम्भार गर्ने ‘वर्कसप’ तथा ब्याट्री व्यवस्थापनबारे सुझाव सिफारिस गरिने भएको छ । साथै, विद्युतीय सवारी साधनको प्रयोग प्रवर्द्धन गर्न संस्थागत क्षमता विकास, अन्तरनिकाय समन्वय, गुणस्तर र मापदण्ड सुधारसम्बन्धी विषयमा समेत सुझाव सिफारिस गर्ने निर्णय भएको छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


