असोजमा ८ वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाए
काठमाडौं । नेपालमा सञ्चालित वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर निरन्तर घटाउने क्रमलाई असोज महिनामा पनि जारी राखेका छन्। नेपाल बैंकर्स संघमा पेस भएका विवरणअनुसार असोज महिनाको लागि ८ बैंकले ब्याजदर घटाएका छन् भने १० बैंकले यथावत राखेका छन्।
असोज महिनामा स्ट्याण्डर्ड चार्टड बैंक र लक्ष्मी सनराइज बैंकले भने मुद्दती निक्षेपको अधिकतम ब्याजदर बढाएका छन्। ब्याजदर घटाउनेमा हिमालयन बैंक, एनआइसी एशिया बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, कुमारी बैंक, नेपाल बैंक, प्राइम कमर्सियल बैंक र कृषि विकास बैंक परेका छन्।
विशेष गरी, कृषि विकास बैंकले ०.१८ प्रतिशत, एनआइसी एशिया बैंकले ०.२५ प्रतिशत, प्राइम कमर्सियल बैंकले ०.५० प्रतिशत, नेपाल बैंकले ०.१५ प्रतिशत, कुमारी बैंकले ०.२ प्रतिशत, नेपाल एसबिआई बैंकले ०.२७ प्रतिशत र एभरेष्ट बैंकले ०.५० प्रतिशत बिन्दुले ब्याजदर घटाएका छन्।
विगत केही महिनादेखि तरलता स्थिति सहज बन्दै गएकाले बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर क्रमिक रुपमा घटाउँदै आएका छन्।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


