पर्सामा धानबालीका लागि युरिया मल अभाव
पर्सा । पर्सा जिल्लाका किसानहरू अहिले धानबालीका लागि युरिया मलको अभाव झेलिरहेका छन् । गण्डक नहरदेखि उत्तरतर्फ थरुहट क्षेत्रका किसानहरू धानमा बाला लाग्ने क्रममा तेस्रो तथा अन्तिम पटक युरिया मल छर्ने क्रममा छन् भने गण्डक नहरदेखि दक्षिणतर्फ बझियान क्षेत्रका किसानहरू दोस्रोपटक युरिया मल छर्दैछन् ।
धान रोपाइँको क्रममा युरिया, डिएपी र पोटास गरी तीनथरी मल प्रयोग गरिन्छ । रोपाइँ भएको २५ देखि ३५ दिनपछि दोस्रोपटक र त्यसपछि २५ देखि ३५ दिनभित्र तेस्रोपटक युरिया मल छर्ने प्रचलन छ । थरुहट क्षेत्रमा असार १५ देखि असार मसान्तसम्म धान रोपाइँ सम्पन्न भएकाले अहिले किसानहरू अन्तिम पटक मल छर्दैछन् ।
बझियान क्षेत्रमा भने सिंचाइ सुविधाको कमीका कारण रोपाइँ साउन महिनासम्म पनि भइरहेको थियो । त्यहाँका किसानहरू अहिले दोस्रो पटक युरिया मल छर्दैछन् । तर सहकारीहरूमा युरिया मल नपाइने भएकाले किसानहरू महँगोमा भारतीय बजारको भर पर्न बाध्य भएका छन् ।
सहकारीमार्फत प्रतिकट्ठा करिब दुई किलो युरिया आवश्यक पर्छ । तर सहकारीमा मल नपाइने भएकाले किसानहरूले कालोबजारीबाट प्रतिकिलो ६० देखि ७० रुपैयाँसम्म तिर्नुपरेको छ । सामान्यतया १७ रुपैयाँ पर्ने मल महँगोमा किन्नुपर्दा किसानहरूको लागत बढेको छ ।
सीमानाका बन्द भएकाले पनि मलको सहज आपूर्ति रोकिएको छ । भारतीय बजारमा सस्तो हुने मल समेत अहिले कालोबजारीमार्फत महँगोमा मात्र उपलब्ध भएको किसानहरूको गुनासो छ ।
सहकारी संस्थाहरूले कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कम्पनीबाट आवश्यक युरिया मल नपाएको बताएका छन् । उनीहरूका अनुसार युरिया आवश्यक भएको समयमा डिएपी मात्र पठाइने र डिएपी आवश्यक पर्दा युरिया पठाइने परिपाटीले किसानहरू थप समस्या भोग्न बाध्य भएका छन् ।
सहकारीमार्फत किसानले सामान्यतया रु ९०० मा ५० किलोको युरिया पाउने गरेका भए पनि अहिले कालोबजारीमार्फत सोही मल रु २८०० सम्ममा खरिद गर्नुपरेको छ । त्यस्तै, भारतीय बजारमा ४५ किलोको बोरा करिब भारु ४५० पर्ने भएपनि स्थानीय स्तरमा कालोबजारीमार्फत रु २२०० मा बिक्री भइरहेको छ।
हाल निरन्तर आकाशे पानी परिरहेका कारण खेत मलिलो बनेको र मल छर्दा उत्पादन बढ्ने किसानहरूको अपेक्षा छ । यसअघि असार महिनामा पानी नपर्दा खेत सुक्खाग्रस्त भएका थिए भने सरकारले समेत प्रभावित क्षेत्रलाई सुक्खाग्रस्त घोषणा गरेको थियो । भदौ दोस्रो सातादेखि परेको पानीले किसानलाई केही राहत दिएको भए पनि बर्सेनि मल अभावको समस्या झेल्नुपर्ने अवस्था यथावत छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?


