राष्ट्र बैंकद्वारा ९० अर्ब निक्षेप संकलन, अधिक तरलता नियन्त्रणमा केन्द्रित
काठमाडौं । वित्तीय प्रणालीमा कायम अत्यधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज (बिहीबार) ९० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दैछ। ‘बोलकबोल प्रणाली’मार्फत दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गरी उक्त निक्षेप संकलन गरिँदैछ।
राष्ट्र बैंकका अनुसार अहिले देशको कुल बैंकिङ निक्षेप ७२ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। यसले गर्दा वित्तीय प्रणालीमा अत्यधिक तरलता उत्पन्न भएको छ, जसले ब्याजदरलाई पनि प्रभावित पारिरहेको छ।
केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा प्रयोग गरेर तरलता व्यवस्थापन गर्ने अभ्यास गर्दै आएको छ। आजको बोलकबोलमा ‘क’, ‘ख’, र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन्।
बोलकबोलको माध्यमबाट निर्धारण हुने ब्याजदरअनुसार, सबैभन्दा कम दर बोल गर्ने संस्थाहरूलाई प्राथमिकता दिइनेछ। निक्षेपको सावाँ तथा ब्याज रकम २०८२ साल असोज १२ गते भुक्तानी गरिनेछ।
बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ तोकिएको छ, भने अधिकतम सीमा ५ करोडले भाग जाँदा निःशेष भाग जाने गरी कुल ९० अर्ब रुपैयाँसम्मको निक्षेप संकलन गरिनेछ।
केन्द्रीय बैंकले खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार दीर्घकालीन प्रकृतिको तरलता व्यवस्थापन गर्न अधिकतम ६ महिनासम्मको अवधिका संरचनात्मक खुला बजार उपकरण प्रयोग गर्न सक्ने व्यवस्था राखेको छ। यही व्यवस्थाअनुसार पछिल्ला चरणमा पनि राष्ट्र बैंकले पटक–पटक यस्तो निक्षेप संकलन गरिरहेको छ।
सम्बन्धित समाचार
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


