मधेशका किसानलाई राहत : युरिया अभाव, डीएपी मल आपूर्ति सुरु
पर्सा । जेनजी आन्दोलनपछि रोकिएका मल आपूर्तिका गतिविधि मधेशमा पुनः सुरु भएका छन् । रक्सौल र सिर्सिया सुक्खा बन्दरगाहमा अड्किएका कृषि सामाग्री कम्पनीका डीएपी मल वीरगन्जस्थित गोदाममा भित्रिन थालेको छ ।
कम्पनीका प्रादेशिक प्रमुख दुर्गाप्रसाद पाण्डेका अनुसार, ‘ग्लोबल टेन्डरमार्फत आदित्य बिरला कम्पनीले रक्सौलमा ५ हजार टन र आईपीएल कम्पनीले सिर्सियामा २ हजार ५०० टन डीएपी मल ल्याएको थियो । तर जेनजी आन्दोलनका कारण गोदामसम्म पुर्याउने प्रक्रिया अवरुद्ध भएको थियो । अहिले अवस्था सामान्य हुँदै गएपछि मल भित्रिन क्रम पुनस् सुरु भएको छ ।’
उनले भने, ‘हाल कार्यालयसँग ७ हजार टन युरिया मलको कोटा छ । मधेशका ८ जिल्लाका सहकारीहरूले आफ्नो कोटा अनुसार मल वितरण सुरु गरिसकेका छन् । युरियाको माग अझै उच्च छ ।’ प्रादेशिक कृषि मन्त्रालयले ढिलाइ गरेकाले मल वितरण केही समय रोकिएको थियो ।
कम्पनीले आगामी चरणमा ग्लोबल टेन्डरमार्फत आयात गर्न लागेको ३० हजार टन युरिया तेस्रो मुलुकबाट कोलकाता बन्दरगाहमा अनलोडिङ प्रक्रियामा रहेको छ । पाण्डेका अनुसार, ‘कोलकाताबाट बोरामा प्याकिङ गरी असोज ९–१० गतेसम्म नेपाल भित्रिने सम्भावना छ । तर त्यति बेला दसैंको बिदा पर्ने भएकाले कोटा लागुमा अझ ढिलाइ हुन सक्छ ।’
मधेशका किसानहरूले हाल युरिया मलको चरम अभाव भोगिरहेका छन् । कम्पनी र साल्ट ट्रेडिङमार्फत पनि मल प्राप्त गर्न कठिनाइ भएको छ । भारतबाट मल ल्याउन भारत सरकारको कडाइका कारण असम्भव भएपछि केही किसानले युरियाको विकल्पको रूपमा डीएपी मल प्रयोग गरिरहेका छन् ।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


