Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

शशांक कोइराला डिस्चार्ज

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, श्रावण, ५
शशांक कोइराला डिस्चार्ज

कांग्रेस महामन्त्री शशांक कोइरालालाइ पूर्ण स्वस्थ भएपछि आज ओम अस्पतालवाट डिस्चार्ज भएका छन । उनी दुइ सातदेखि उपचाररत थिए । कोइराला सर्केर भएको निमोनिया समेत निको भएको उल्लेख गर्दै उपचारमा संलग्न डा. लव जोशीले बताएका छन।

कोइरालाको रगत र फोक्सोको एक्स–रे परिक्षण प्रतिवेदन सामान्य देखिएको छ । तर, उनी घर गए पनि करिव दुई सातासम्म भने आराम नै गर्नुपर्ने चिकित्सकहरुले सुझाएका छन् ।

कोइरालाको सर्केर हुने निमोनियाको उपचार भएको हो । कोइराला दुई साता अघि राती पेटमा गडवडी देखिको र खोकी लागेको भनेर ओम अस्पताल गएका थिए । डा. जोशीको अनुसार उनलाई प्रोटोकलको अनुसार परिक्षण गरिएको थियो । यस अनुसार रगतको प्रतिवेदन, रक्तचाप आदि स्थिर देखिएको थियो । हरेक घन्टा उनलाइ हेर्न भनिएको उल्लेख गर्दे डा.जोशीले ४ वजे विहानसम्म उनको अवस्था सामान्य रहेको वताए ।

naima expoTop Changing Nepal

युट्युब सट्स