Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

श्रीनगर एग्रीटेकले सर्वसाधारणका लागि असोज २६ देखि आईपीओ जारी गर्ने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, आश्विन, १२
श्रीनगर एग्रीटेकले सर्वसाधारणका लागि असोज २६ देखि आईपीओ जारी गर्ने

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले असोज २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ (प्राथमिक शेयर निष्कासन) जारी गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यको कुल ३२ लाख ६२ हजार ५०० कित्ता आईपीओ जारी गर्न अनुमति पाएको छ।

वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूलाई ३ लाख ९ हजार ९३८ कित्ता र आयोजना प्रभावितलाई १ लाख ६३ हजार १२५ कित्ता आईपीओ बाँडफाँड गरिएको छ। त्यसपछि सामूहिक लगानी कोषलाई १ लाख ५४ हजार ९६९ कित्ता र कम्पनीका कर्मचारीलाई १ लाख २३ हजार ९७५ कित्ता सुरक्षित गरी बाँकी रहेका २५ लाख १० हजार ४९३ कित्ता आईपीओ सर्वसाधारणलाई जारी गर्न लागेको हो।

आईपीओमा आवेदन दिन इच्छुक व्यक्तिले कम्तीमा १० कित्ता र बढीमा १० हजार कित्ता आईपीओका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति असोज २९ गते तोकिएको छ। यस आईपीओ निष्कासन र बिक्री व्यवस्थापनको काम नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स