बीपी राजमार्गमा राति सवारी सञ्चालनमा रोक
काठमाडौं । भारी वर्षा र बाढीको जोखिम बढेपछि बीपी aराजमार्गमा असोज २१ गतेसम्म रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। जिल्ला सुरक्षा समिति र विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले काभ्रे भञ्ज्याङ-भकुण्डेबेसी–सिन्धुली सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक तथा निजी यात्रुबाहक सवारीसाधन सञ्चालन नगर्ने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार रोशी खोला र स्थानीय खहरे खोलामा बाढी आउने सम्भावना रहेकाले सतर्कता अपनाइएको हो।
अत्यावश्यक नभई बाहिर ननिस्कन, विशेषगरी टाढा र रातिको समयमा यात्रा नगर्न, नदी किनार र पहिरोको उच्च जोखिम रहेका क्षेत्रमा सतर्क रहन उनले आग्रह गरे । गत वर्ष असोज ११ र १२ गतेको भारी वर्षा, बाढी र पहिरोका कारण बीपी राजमार्गमा ठूलो क्षति पुगेको थियो । क्षतिग्रस्त भागमा अझै पुनर्निर्माण नसकिएकोले यसपालि पनि जोखिम कायमै रहेको छ।
सम्बन्धित समाचार
सिप्रदी ट्रेडिङद्वारा टाटा BS6 बस च्यासिस सार्वजनिक
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


