२०८२ असोज २७ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परिश्रम अनुसार उपलब्धि पाइनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । मन शान्त हुनेछ । व्यापारिक वा दैनिक काम सन्तोषजनक रूपमा सम्पन्न हुनेछन् । विदेशबाट पैसा प्राप्त हुने योग पनि छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खर्च गर्दा होस पुर्याउनुहोस् । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोस् । पारिवारिक विषयमा समस्या आउन सक्छ । समय सामान्य भए पनि खर्च र विवाद बढ्ने तथा शत्रुपक्षबाट समस्या आउने सम्भावना छ, सचेत रहनुहोस् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धन लाभको योग छ । पढाइमा प्रगति हुनेछ र दिन खुशीपूर्वक बित्नेछ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । प्रयत्न गरेका काम ढिलै भएपनि सफल हुनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आयआर्जनमा सुधार हुनेछ । नयाँ कामका लागि परिवारजनबाट उपयोगी सल्लाह पाइनेछ । धन लाभको योग छ । नयाँ साथी बन्ने र रमाइलो यात्राको अवसर पनि मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
हाँस खेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ । नयाँ काम सुरु गर्ने अवसर प्राप्त हुनेछ । कृषिजन्य कामबाट विशेष लाभ हुने सम्भावना छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्यमा समस्या आउन सक्छ । अरूको भर पर्नु काममा धोका हुन सक्छ, त्यसैले सावधान रहनुहोस् । टाढाको यात्रा नगर्नुहोस् । व्यर्थको खर्च र खानपानमा लापरवाहीबाट स्वास्थ्य गडबड हुन सक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आमाबाट प्राप्त धन वा स्रोतको सदुपयोगबाट लाभ पाइनेछ । तर, बन्न लागेको काम अचानक बिग्रन सक्छ । सहयोगको आशा दिलाउनेहरूले धोका दिन सक्छन् । मनमा दुविधा र चिन्ता बढ्न सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कमाइ सोचे अनुसार हुनेछ । पठन पाठनमा प्रगति हुनेछ । सन्तान पक्षबाट खुशीको समाचार पाइनेछ । खर्चभन्दा कमाइ बढी हुनेछ । धन आर्जनका नयाँ बाटा खुल्नेछन्, विशेष गरी वैदेशिक क्षेत्रमा लगानी लाभदायक हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ कामको थालनीका लागि शुभ दिन हो । जोश र उत्साह बढ्नेछ । कामहरू सजिलै सम्पन्न हुनेछन् । इच्छा शक्ति बलियो हुने र अध्ययनमा पनि प्रगति देखिनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अनावश्यक डर र वादविवाद हुन सक्ने भएकाले समय सावधानी पूर्वक बिताउनुहोस् । कसैसँग झगडा हुन सक्ने सम्भावना छ । पेशागत रूपमा समस्या देखिन सक्छ । घर परिवारमा मनमुटाव पनि हुन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मनमा द्विविधा रहन सक्छ । सामाजिक कार्यमा प्रतिष्ठा बढ्नेछ । व्यवसाय वा जागिरमा दिन सामान्य रहला । तर, नयाँ काम सुरु गर्नका लागि समय अनुकूल छैन । कार्यमा अवरोध र व्यापारमा घाटा हुन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
चल–अचल सम्पत्तिको कारोबारका लागि शुभ दिन छ । वैवाहिक जीवन सुखद रहनेछ । यात्राको योग पनि छ । पाहुनाको आगमनले घरमा उत्साह बढ्नेछ ।
-ज्यो.पं. तुलसी भारद्वाज
सम्बन्धित समाचार
२०८३ साउन ३१ गते आइतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन ३० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
“एट्टो सिरिज” को न्यु जेनेरेसन नेपालमा, बीवाईडीले नाइमा एक्सपोमा सार्वजनिक गर्यो अपडेट मोडल


