स्वास्थ्य बीमा नवीकरणमा थप शुल्क तत्काल लागु नहुने, बोर्डको निर्णय
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमा नवीकरण नगरेका बीमित परिवारहरूलाई लाग्ने अतिरिक्त शुल्क तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ। बोर्डको पछिल्लो निर्देशनअनुसार अर्को सूचना नआएसम्म नवीकरणमा अतिरिक्त शुल्क लिने व्यवस्था कार्यान्वयन नगर्न दर्ता सहयोगी तथा अधिकारीहरूलाई निर्देशन दिइएको छ।
बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार, हालको विकसित अवस्था र संरचना तयार गर्न थप समय लाग्ने भएकाले उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न भनिएको हो। यससँगै लामो समयदेखि बीमा नवीकरण नगरेका नागरिकहरूलाई थप शुल्क तिर्नुपर्ने बाध्यता हटेको छ।
यसअघि, बीमा बोर्डले गत भदौ ११ गते सूचना जारी गर्दै नवीकरण नगरेमा १० देखि ४०० प्रतिशतसम्म अतिरिक्त शुल्क तिर्नुपर्ने व्यवस्था ल्याएको थियो। कार्यविधिअनुसार, नवीकरण म्याद कटेपछि तीन महिनाभित्र गर्दा १०%, छ महिनाभित्र ३०%, एक वर्षभित्र ५०%, एक वर्षपछि १००%, दुई वर्षपछि तीन गुणा र तीन वर्षपछि चार गुणा बढी शुल्क लाग्ने भनिएको थियो।
सम्बन्धित समाचार
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

