Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

मकवानपुरमा बस दुर्घटना ९ जनाको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, श्रावण, १६

मकवानपुरमा आज बिहानै बस दुर्घटना भएको छ । दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । मकवानपुरको मनहरीमा बस एकआपसमा ठोक्किँदाथप ३२ जना घाइते भएका छन्।  मकवानपुर जिल्लाको मनहरी ३ मा काठमाडौँबाट उदयपुर जाँदै गरेको ना ५ ख ५०५५ नम्बरको बस र काकटभिट्टबाट काठमाडौं आइरहेको ना ५ ख ४०६४ नम्बरको बस एकापसमा जुध्दा उक्त दुर्घटना भएको हो।
दुर्घटना राती १ बजेतिर भएको प्रहरीले जानकारी दिएको छ । बस दुर्घटनामा ज्यान गुमाएका मध्ये उदयपुरको त्रियुगा नगरपालिका– १० का १० वर्षे बालक मणिरत्न चौधरी, २५ वर्षे विनोद चौधरी, सन्तोष चौधरी, काठमाणडौका लक्ष्मीप्रसाद अधिकारी र २७ वर्षे सन्तोष चौधरीकोे  सनाखत भएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स