Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

नागरिक एपमा ड्राइभिङ लाइसेन्स फिचर फिर्ता

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, कार्तिक, २०
नागरिक एपमा ड्राइभिङ लाइसेन्स फिचर फिर्ता

काठमाडौं । नागरिक एपबाट गायब भएको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) फिचर मङ्गलबारदेखि फिर्ता आएको छ। यसअघि जेनजी प्रदर्शनका क्रममा यातायात व्यवस्था विभागको केन्द्रीय सर्भर ध्वस्त भएपछि उक्त फिचर अनुपलब्ध भएको थियो।

अब ट्राफिक जाँचको क्रममा नागरिक एपमा लाइसेन्स देखाए पुग्ने भएको छ। साथै ट्राफिक नियम उल्लङ्घन गरेपछि लिइने सचेतना कक्षा पनि एपमार्फतै लिन सकिने भएको छ। यदि मोबाइलमा लाइसेन्स नदेखिएमा एप पुनः सुरु (AppRestart) गर्न नागरिक एपले अनुरोध गरेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स