Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

समर्थकका साथमा डा. गोविन्द केसी सडकमा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, श्रावण, १६
समर्थकका साथमा डा. गोविन्द केसी सडकमा

स्वास्थ्य र शिक्षाका बेथितिविरुद्ध आठौँ पटक अनशनमा बस्नुभएका डा गोविन्द केसी आज आफ्ना समर्थकका साथमा प्रदर्शन गदै सडकमा उत्रिएका छन् ।

स्थानीय माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका डा केसीका समर्थकले स्थास्थ्य र शिक्षाका बेथिति निम्त्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग(अदुअआ) का प्रमुख आयुक्त सक्रिय रहेको भन्दै उनि विरुद्ध नारा लगाउँदै प्रदर्शनमा उत्रिए ।

प्रदर्शनमा सहभागी केसीले आफ्ना समर्थकसँगै नारा लगाएका थिए । उनका समर्थक विद्यार्थी लगायतले ‘डा केसी एक्लो छैनौ, हामी तिम्रो साथमा छौ’जस्ता नारा लगाएका थिए ।

प्रदर्शनपछि नयाँ बानेश्वरमा आयोजित कोणसभामा डा केसीले आफूसँग सरकारले गरेको सहमति उल्लङ्घन हुने सङ्केत देखिएको बताए । सबै नेपालीको गुणस्तरीय शिक्षामा पहुँच होस्, पैसा बाधक नहोस् भनी आफूले आन्दोलन गरेको जानकारी  गराए ।

उनले अदुअआका प्रमुखले आफ्नो क्षेत्रभन्दा बाहिर गएर हस्तक्षेप गरेको र संविधानभन्दा माथि गएर सत्ता चलाइरहेको आरोप लगाए ।

सभामा डा जीवन क्षेत्री, रञ्जु दर्सना, सिर्जना विश्वकर्मा र अस्मिना रञ्जितले केसीले उठाएका माग पूरा नभएसम्म आन्दोलन चलिरहने बताए ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स