केईको नगरकोट यात्रा सम्पन्न
काठमाडौं । केई नेपालका आधिकारिक आयातकर्ता जी.ओ. अटोमोबाइल्स प्रा.लि. र लक्ष्मी ईमोबिलिटीले संयुक्त रूपमा ‘केई ग्राहक भेट र्याली’ आयोजना गरेका छन्। शनिबार आयोजित विशेष कार्यक्रममा केईका प्रयोगकर्ताहरूले थापाथलीबाट क्लब हिमालय नगरकोटसम्म रमाइलो अनि अर्थपूर्ण यात्रा गरेका थिए।

र्यालीमा ५६ वटा केई गाडी र १९३ जना सहभागी (मिडिया प्रतिनिधि र इन्फ्लुएन्सरहरू सहित) सहभागी थिए। यस कार्यक्रमको उद्देश्य ग्राहकहरूबीचको सम्बन्ध अझ मजबुत बनाउनु र वातावरणमैत्री यात्रा प्रवर्द्धन गर्नु थियो। सहभागीहरूले ड्राइभसँगै प्रकृति, रमाइला खेल र समूहगत क्रियाकलापहरूको आनन्द लिए।

क्लब हिमालयमा सहभागीहरूका लागि स्वागत कार्यक्रम, अन्तरक्रियात्मक सत्र र भेटघाटका अवसरहरू राखिएका थिए। कार्यक्रमको मुख्य आकर्षण सीपीआर (Cardiopulmonary Resuscitation) सम्बन्धी सचेतना र तालिम सत्र रह्यो, जसमा स्वास्थ्यकर्मीहरूले आपतकालीन अवस्थामा सहयोग गर्ने तरिका सिकाए। यसले सडक सुरक्षा र जिम्मेवार ड्राइभिङप्रति जागरूकता बढाएको आयोजकले जनाएको छ।

सबैको निरन्तर साथ र विश्वासका साथ, केईले आगामी दिनहरूमा अझ रमाइला कार्यक्रमहरू ल्याउने योजना गरेको बताइएको छ ।


सम्बन्धित समाचार
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
सिप्रदी ट्रेडिङद्वारा टाटा बि एस सिक्स बस च्यासिस सार्वजनिक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


