Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

सुनको मूल्य प्रतितोला ५ हजार ९ सय बढ्यो,कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, कार्तिक, २८
सुनको मूल्य प्रतितोला ५ हजार ९ सय बढ्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा पाँच हजार ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला दुई लाख ५० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो दिन बुधबार २ लाख ४४ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य  तोलाको १७० रुपैयाँ बढेको हो । आज प्रतितोला चाँदी ३ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको  महासंघले जनाएको छ । यसअघि बुधबार चाँदी प्रतितोला तीन हजार एक सय ७५ रुपैयाँमा  कारोबार भएको थियो ।

naima expoTop Changing Nepal

युट्युब सट्स