प्रसाईलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईलाई चार दिन हिरातमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । सोमबार मध्यराति पक्राउ परेका प्रसाईलाई आज जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइएको थियो ।
म्याद थप भएसँग प्रसाई अब कम्तिमा पनि चार दिन प्रहरीको हिरासतमा रहने छन् । आगामी मंसिर ७ गतेदेखि देशभर आन्दोलन चर्काउने चेतावनी दिइरहेका प्रसाईलाई शान्तिविरुद्धको कसुरमा हिजो राति ठिमीस्थित निवासबाटै पक्राउ गरिएको थियो ।
प्रसाईको गिरफ्तारीलाई लिएर राष्ट्रिय मानव अधिकार आयोगले पनि चासो देखाएको छ । आयोगको टोली प्रहरी परिसर काठमाडौं भद्रकाली पुगेर प्रसाईको गिरफ्तारीबारे जानकारी लिएको छ । प्रसाईलाई कानून व्यवसायीसँग परामर्श लिन नदिइएको, अमानवीय तरिकाले गिरफ्तारी गरिएको भन्ने विषयमा आलोचना भइरहेको छ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


