Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

सुनको मूल्य तोलाको साढे दुई लाख नाघ्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, मंसिर, १३
सुनको मूल्य तोलाको साढे दुई लाख नाघ्यो

काठमाडौं । सुनको मूल्यले फेरि तोलाको दुई लाख ५० हजार रुपैयाँ नाघेको छ। तोलामा २२ सय रुपैयाँ बढेर सुनको भाउ आज दुई लाख ५० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य बिहीबार चारसय रुपैयाँ घटेर दुई लाख ४८ हजार चारसय रुपैयाँमा झरेको थियो। गएको असोज ३१ गते सुनको मूल्य तोलाको दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा ६५ रुपैयाँ बढेर चाँदीको मूल्य आज तीन हजार तीनसय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। केही दिनदेखि चाँदीको मूल्य निरन्तर बढिरहेको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स