कामना सेवा विकास बैंक र क्याफेफिलियाबीच छुट सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले काठमाडौं, ज्ञानेश्वरस्थित क्याफेफिलियासँग सेवा शुल्क तथा बिल छुटसम्बन्धी सम्झौता औपचारिक रूपमा सम्पन्न गरेको छ। सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकले क्याफेफिलियामा उपलब्ध हुने फुड तथा बेभरेजमा १० प्रतिशतसम्म छुट सुविधा प्राप्त गर्न सक्नेछन्।
ग्राहकले बैंकसँगको आवद्धता प्रमाणित गर्ने कागजात प्रस्तुत गरेपछि छुट सहज रूपमा प्राप्त हुनेछ। बैंकले यो सम्झौताले नियमित ग्राहक सेवा पहुँचलाई अझ विस्तारित बनाउने, ग्राहकमैत्री सुविधा बढाउने तथा बैंकसँग आवद्ध ग्राहकलाई प्रत्यक्ष लाभ हुने विश्वास व्यक्त गरेको छ।
सम्झौतामा कामना सेवा विकास बैंकका तर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुंगेल र क्याफेफिलियाका फ्रान्चाइज ओनर सदिक्षा श्रेष्ठले हस्ताक्षर गरेका छन्। बैंकका अनुसार साझेदारीको दायरा विस्तार गर्दै जीवनशैली, हस्पिटालिटी र उपभोगसम्बन्धी सेवामा ग्राहकलाई थप सुविधा प्रदान गर्ने लक्ष्य लिइएको छ।
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


