स्वास्थ्य मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु
जानकारी केन्द्र
२०८२, मंसिर, २५
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि सिंहदरबारबाट सेवा प्रवाह पुनः सुरु गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै रामशाहपथस्थित नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट सञ्चालित मूलभूत सेवाहरू मङ्सिर २३ गतेदेखि सिंहदरबारमा सारेर सञ्चालन गरिएको जनाएको छ।
सूचनामा मन्त्रालयले केही महाशाखा, शाखा र एकाइका सेवाहरू भने अहिले पनि साबिककै स्थान—रामशाहपथ—बाट नै निरन्तर प्रवाह भइरहेको र छिट्टै ती सबै सेवाहरू पनि आवश्यक व्यवस्थापछि सिंहदरबारमै एकीकृत रूपमा सञ्चालन हुने जानकारी दिएको छ।
रामशाहपथस्थित मन्त्रालयको भवनमा भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि मन्त्रालयको सेवा अस्थायी रूपमा स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट प्रवाह हुँदै आएको थियो। अब चरणबद्ध रूपमा सबै काम सिंहदरबारमै केन्द्रित गरिने मन्त्रालयले जनाएको छ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


