८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि ८४ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत २० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले पुस ६ गते दिउँसो २ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल आह्वान गरेको छ।
केन्द्रीय बैंकका अनुसार सोही दिन निक्षेप संकलन उपकरणको निष्कासन पनि गरिनेछ। बोलकबोल प्रक्रियाबाट व्याजदर निर्धारण हुनेछ भने साँवा तथा व्याजको भुक्तानी चैत १ गते गरिने जनाइएको छ।
यसमा सहभागी बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमसम्म, पाँच करोडले भाग गर्दा निःशेष जाने गरी बोलकबोल गर्न सक्नेछन्।
निक्षेप संकलन उपकरणलाई नेपाल राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा समेत धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। बोलकबोल गर्दा व्याजदरमै प्रस्ताव गर्नुपर्नेछ भने बहुव्याजदरमा बहुवोलकबोल गर्न पनि सकिनेछ।
यस प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।
बोलपत्रमा निक्षेपका लागि जम्मा गर्न चाहेको रकम र व्याजदर स्पष्ट उल्लेख गर्नुपर्नेछ। आह्वान गरिएको रकम बाँडफाँट गर्दा सबैभन्दा कम व्याजदरलाई प्राथमिकतामा राखी क्रमशः रकम बाँडिनेछ। समान व्याजदरमा परेको बोलका कारण कुल निष्कासित रकमभन्दा बढी हुन गएमा प्रो–राटा आधारमा बाँडफाँट गरिनेछ।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


