वीरगन्जमा चिसो बढेपछि विद्यालय ५ दिन बिदा
पर्सा । शीतलहरसँगै बढेको चिसोको कारण वीरगञ्ज महानगरपालिकाले ५ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । चिसोले बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने असरलाई दृष्टिगत गर्दै महानगरले सामुदायिक र संस्थागत विद्यालय ५ दिन बन्द गर्ने निर्णय गरेको हो ।
महानगरपालिकाको कार्यालयले सोमबार सूचना जारी गर्दै पुस ७ गतेदेखि ११ गतेसम्म पाँच दिनका लागि सम्पूर्ण विद्यालयमा पठन पाठन स्थगित गरिएको जनाएको छ ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गर्दै हालको बिदा वर्षे बिदाबाट कट्टा हुने गरी दिइएको जनाएको छ । सूचनामा विद्यालयहरू पुन: पुस १३ गते आइतबारदेखि नियमित रूपमा सञ्चालन हुने जनाइएको छ ।
पुस १० गते क्रिसमसको सार्वजनिक बिदा भएको, पुस ११ गते शैक्षिक क्यालेन्डर अनुसार नै सट्टा बिदा रहेको र पुस १२ गते शनिबार परेकाले विद्यालयहरू आउँदो आइतबारदेखि पूर्ववत् समय तालिका अनुसार सञ्चालन हुने सूचनामा उल्लेख छ ।
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


