काठमाडौं महानगर-२६ का ७७ सिसी क्यामरा फाइबर इन्टरनेटमा जोडिए
जानकारी केन्द्र
२०८२, पुष, १७
काठमाडौं । काठमाडौं महानगरपालिका–२६ ले वडाभित्र जडान गरिएका ७७ सिसी क्यामरालाई फाइबर इन्टरनेटमा जोडेको छ । नेपाल टेलिकमको सहकार्यमा बालाजु क्षेत्रका क्यामरालाई वडा कार्यालयबाट प्रत्यक्ष निगरानी गर्न मिल्ने व्यवस्था गरिएको छ।
एक करोड रुपैयाँ लागतमा जडान गरिएको प्रणालीको आज महानगर प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, नगर प्रवक्ता नवीन मानन्धर र वडाध्यक्ष ख्यामराज तिवारीले शुभारम्भ गरेका छन्। वडाध्यक्ष तिवारीले आगामी दिनमा वडाभित्र २०० स्थानमा क्यामरा जडान गर्ने योजना रहेको बताए।
पिटीजेड र बुलेट क्यामराले क्रमशः ५५० र ६० मिटरसम्मको दृश्य स्पष्ट रूपमा कैद गर्न सक्ने जनाइएको छ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


