हिमालय रोडिज सिजन ७ का विजेतालाई यामाहा मोटरसाइकल हस्तान्तरण
काठमाडौं । नेपालकै लोकप्रिय एडभेन्चर रियालिटी शो हिमालय रोडिजको सातौँ सिजन १४ पुष २०८२ मा ग्रान्ड फिनाले प्रसारण भएसँगै सफलतापूर्वक सम्पन्न भएको छ । मंगलबार आयोजित पुरस्कार हस्तान्तरण समारोहमार्फत सिजनको समापन गरिएको हो । यस सिजनले देशभरका युवाहरूको ध्यान आकर्षित गर्दै नेपाली रियालिटी टेलिभिजनमा नयाँ बेन्चमार्क बनाउन सफल भएको जनाइएको छ।
हिमालय रोडिज सिजन ७ का विजेता झापाका २६ वर्षीय अनिश तामाङ घोषित भएका छन् । पेशाले नेपाली सेनामा कार्यरत अनिशले सिजनभर देखाएको शारीरिक क्षमता, मानसिक दृढता, अनुशासन र अठोटका कारण आफूलाई सबैभन्दा सबल प्रतिस्पर्धीका रूपमा स्थापित गर्न सफल भए। शोका क्रममा प्रस्तुत साहस, धैर्य र निरन्तर उत्कृष्ट प्रदर्शनले उनले दर्शक, ग्याङ लिडर तथा निर्णायकहरूको व्यापक प्रशंसा बटुले।

पुरस्कार हस्तान्तरण समारोहमा बिजेता अनिश तामाङलाई औपचारिक रूपमा विजेताको पुरस्कार प्रदान गरिएको छ । टाइटल स्पोन्सरका रूपमा यामाहा रेसिङले पर्फर्मेन्स, पावर र राइडिङको रोमाञ्च झल्काउने मोटरसाइकल यामाहा एफजेड ३ प्रदान गरेको हो । साथै, कार्यक्रमको प्रसारक हिमालय टिभीले पनि उल्लेखनीय उपलब्धि र मेहनतको कदर गर्दै उनलाई १० लाख नगद पुरस्कार प्रदान गरेको छ ।
यामाहा नेपालका सीईओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले विजेता तामाङलाई यामाहा एफजेड३ हस्तान्तरण गरेका हुन् । यामाहा प्रेसेंट्स हिमालय रोडिज सिजन ७ः हेल्ल ओर हेएवेन सेप्टेम्बर १, २०२५ देखि प्रसारण सुरु भएको थियो, जसमा १८ वटा एपिसोड थिए । पोखरामा बनाएको आकर्षक यात्रा एपिसोडहरू र शोको इतिहासमै पहिलो महिला फाइनलिस्ट प्रस्तुत गरिएको कारण यो सिजन विशेष रूपमा चर्चित रह्यो। सिजनमा अनूप विक्रम शाही, प्रियंका कार्की, आशिष राना (लाहुरे) र कविता नेपाली ग्याङ लिडरका रूपमा देखिनुभएको थियो भने कार्यक्रमको होस्टिङ अमन प्रताप अधिकारी र रेयमन दास श्रेष्ठले गरेका थिए ।

टाइटल स्पोन्सरका रूपमा यामाहा नेपालले हिमालय रोडिज जस्ता प्लेटफर्ममार्फत युवाको सहभागिता र सशक्तीकरणलाई निरन्तर समर्थन गर्दै आएको जनाइएको छ। सिजन ७ को सफल समापनसँगै हिमालय रोडिजले नेपालकै सबैभन्दा निरन्तर र प्रभावशाली साहसिक रियालिटी शोको रूपमा आफ्नो स्थान पुनः प्रमाणित गरेको बताइएको छ।

सम्बन्धित समाचार
सिप्रदी ट्रेडिङद्वारा टाटा BS6 बस च्यासिस सार्वजनिक
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


