Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, पुष, २०
सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सालपा विकास बैंक लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले पुस १६ गतेदेखि आईपीओ निष्कासन गरेको हो ।

बैंकले जारी पुँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशत बराबर १७ करोड २३ लाख ८८ हजार रुपैयाँको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

जसमध्ये १ लाख ७२ हजार ३८८ कित्ता सेयर श्रम स्वीकृति लिएर विदेशमा रहेका नेपालीका लागि, ८६ हजार १९४ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र २६ हजार ११९ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ ।

बाँकी १४ लाख ३९ हजार १७९ कित्ता सेयर सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गरिएको हो, जसको कुल रकम १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँ बराबर हुन्छ ।

आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट ‘सी–आश्वा’ सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासन गर्ने सालपा विकास बैंकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले ‘आईआरएन सिंगल बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यस रेटिङ्गले बैंकको समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

naima expoTop Changing Nepal

युट्युब सट्स