पूर्व राजा ज्ञानेन्द्रको निवास नागार्जुनको विद्युत लाइन काटियो
जानकारी केन्द्र
२०७३, भाद्र, १७
नेपाल विद्युत प्राधिकरणले नागार्जुन दरबारको विद्युतको लाइन काटेको छ ।
बिहीबार साँझ ५ बजे लाइन काटिएको शाहका सहयोगीले जनाएका छन् । विद्युत महसुल नतिरेको भन्दै प्राधिकरणले लाइन काटेको हो । सरकारको स्वामित्वमा रहेको नागार्जुन दरबार गणतन्त्र घोषणापछि सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई बसोबास गर्न उपलब्ध गराएको थियो ।
नेपाल विद्युत प्राधिकरणका अनुसार नागार्जुन दरबारको ७१ लाख रुपैयाँ बक्यौता छ । यो रकम संस्कृति मन्त्रालयले तिर्नुपर्ने हो । यसअघि प्राधिकरणले पूर्वमुमा बडामहारानी रत्नराज्य लक्ष्मी देवी शाह बस्दै आएको महेन्द्र मञ्जिलको पनि लाइन काटेको थियो । तर, २४ घन्टा नवित्दै लाइन जोडेको थियो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


