Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

निर्वाचन आचारसंहिताले के लोकसेवा आयोगको परीक्षा प्रभावित हुन्छ ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, माघ, ९
निर्वाचन आचारसंहिताले के लोकसेवा आयोगको परीक्षा प्रभावित हुन्छ ?

काठमाडौं । निर्वाचन आयोगले पूर्वनिर्धारित लोकसेवा आयोगको परीक्षा आचारसंहिताका कारण प्रभावित नहुने स्पष्ट पारेको छ । आयोगले मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निशुल्क जानकारी दिने उद्देश्यले आजदेखि ‘कल सेन्टर’ शुभारम्भ गर्दै यस बारे स्पष्ट पारेको हो ।

निर्वाचन सम्बन्धी केही जिज्ञासा भएमा ‘टोल फ्री नम्बर ११०२’ मा सम्पर्क गरी सोध्न सकिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । ‘कल सेन्टर’ मा गण्डकी प्रदेशबाट फोन गरेका पहिलो व्यक्तिले यसअघि प्रकाशित भइसकेको लोकसेवा आयोगको परीक्षा निर्वाचन आचारसंहिताका कारण प्रभावित हुन्छ कि हुन्न भनी प्रश्न गरेका थिए ।

‘कल सेन्टर’का अधिकारीहरूले यसअघि नै तय भइसकेको परीक्षा निर्वाचन आचारसंहिताका कारण प्रभावित नहुने जवाफ दिएका थिए । ‘कल सेन्टर’मा छ वटा डेस्क स्थापना गरिएको छ । ती डेस्कबाट एकसाथ मतदाताको जिज्ञासाको समाधान गरिने उनले सुनाए । कामको चाप अनुसार डेस्क बढाउन पनि सकिने जनाइएको छ ।

बिहान ९ देखि ६ बजेसम्म ‘कल सेन्टर’ सञ्चालन हुने आयोगले जनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सम्बन्धी कुनै जानकारी चाहिएमा वा जिज्ञासा राख्न चाहेमा सोमबारदेखि उम्मेदवार विजयी भएर प्रमाणपत्र नदिँदासम्म सञ्चालनमा आउने बताइएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स