खुला सिमाना र घना बस्तीको असर, मधेसमा कुष्ठरोग उच्च जोखिममा
जनकपुरधाम । मधेस प्रदेश कुष्ठरोगको उच्च जोखिममा परेको पाइएको छ । भारतसँग खुला सिमाना, घना बस्ती तथा जनघनत्व बढी भएका कारण मधेस प्रदेशमा देशकै सबैभन्दा धेरै कुष्ठरोगी रहेको मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका क्षयरोग फोकल पर्सन राजी यादवले जानकारी दिए ।
यादवका अनुसार देशभरका कुल कुष्ठरोगीमध्ये करिव ३६ प्रतिशत मधेस प्रदेशमै छन् । विश्व कुष्ठरोग दिवसको ७३ औँ अवसरमा जनकपुरधाममा आयोजित कार्यक्रममा मधेस प्रदेशका ६ जिल्लामा ८५७ जना नयाँ कुष्ठरोगी फेला परेको तथ्य सार्वजनिक गरिएको हो ।
देशभर नयाँ कुष्ठरोगीको संख्या २ हजार ४०९ पुगेको छ । यस्तै औषधि सेवन गरी उपचार गराइरहेका कुष्ठरोगीको संख्या ८०५ जना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार मधेस प्रदेशका सिराहा, धनुषा, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा सबैभन्दा बढी कुष्ठरोगी रहेका छन् । प्रदेशगत रूपमा मधेसपछि लुम्बिनी प्रदेशमा बढी कुष्ठरोगी भेटिएका छन् । संघीय स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार लुम्बिनी प्रदेशमा ५७९ जना कुष्ठरोगी रहेका छन् ।
कुष्ठरोगका कारण अङ्गभङ्ग भएका १५४ जनामध्ये मधेस प्रदेशमा मात्रै ५८ जना छन् । नयाँ संक्रमितमध्ये १,०१२ जना महिला रहेकोमा मधेस प्रदेशमा ३७८ जना महिला छन् । जिल्लागत रूपमा बारामा सबैभन्दा बढी कुष्ठरोगी रहेको निर्देशनालयले जनाएको छ ।
नेपालमा सन् २०१९ मा कुष्ठरोगीको संख्या ३,२८२ रहेकोमा सन् २०२४र२५ मा घटेर २,४०९ पुगेको छ । यद्यपि, रोग लुकाउने प्रवृत्ति कायमै रहेकाले संक्रमण दर र अपाङ्गता दर अझै उच्च रहेको धनुषाका जनस्वास्थ्य प्रशासक उमेश यादवले बताए ।
उनका अनुसार सामाजिक विभेद, अभिलेख व्यवस्थापन कमजोर हुनु, सरकारी प्राथमिकतामा नपर्नु, दक्ष जनशक्तिको अभाव र खुला सिमाना मुख्य चुनौतीका रूपमा रहेका छन् ।
लालगढ कुष्ठरोग अस्पतालका तालिम अधिकृत अरविन्द शाहका अनुसार कुष्ठरोग श्वासप्रश्वासमार्फत सर्ने भएकाले संक्रमित व्यक्तिसँग हप्तामा २० घण्टाभन्दा बढी सम्पर्क भएमा स्वस्थ व्यक्तिमा संक्रमणको जोखिम बढ्ने गर्दछ ।
नेपाल सरकारले कुष्ठरोगको औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ । छ महिनाको नियमित औषधि सेवनपछि रोग निको हुने र अरूमा सर्न नदिने भएकाले समयमै पहिचान र उपचार अत्यन्त आवश्यक रहेको विज्ञहरूले बताएका छन् ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


