Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

युवा स्टार सन्दीप लामिछानेले अष्ट्रेलियाली क्रिकेटरको क्लवबाट खेल्ने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, भाद्र, २२
युवा स्टार सन्दीप लामिछानेले अष्ट्रेलियाली क्रिकेटरको क्लवबाट खेल्ने

काठमाडौं । नेपालका १६ वर्षिय प्रतिभाशाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा क्रिकेट खेल्ने भएका छन् ।

नेपाली क्रिकेट टोलीका युवा स्टार लामिछानेले क्लार्कको प्रिमियर ग्रेड क्रिकेट लिगमा खेल्ने वेष्ट्रन सवर्वस् क्लवबाट २०१६/१७ को सिजन खेल्न पाउने भएका छन् ।

अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कले स्विस घडी हुब्लोटबाट अस्ट्रेलियामा खाने–बस्नेदेखि सम्पूर्ण खर्च जुटाइदिएपछि लामिछाने क्लार्कको क्रिकेट एकेडेमीमा अभ्यास गर्न जान लागेका हुन् ।

गत मे महिनामा हङकङमा भएको एक प्रतियोगितामा एकै टोलीबाट खेलेका सन्दीपको प्रदर्शनबाट क्लार्क प्रभावित भएका थिए । त्यतैबेलै उनले राष्ट्रिय टोलीमा व्यस्त नभएको समय पारेर अष्ट्रेलिया आउन सन्दीपलाई आमन्त्रण गरेका थिए ।

क्लार्कको एकेडेमीबाट उनले प्रशिक्षण आगामी सेप्टेम्बर २६ देखि सुरु हुनेछ । त्यसअघि वेष्टर्न सवर्वस् क्लवबाट क्लार्कसँगै रहेर सन्दीपले मासेमन क्लवबिरुद्ध खेल खेल्नेछन् ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स