फोटोन धनगढीमा : क्षेत्रीय ग्राहक भेटघाटबाट विश्वास र सम्बन्ध विस्तार सम्पन्न
काठमाडौं । फोटोन मोटर्स नेपालले धनगढीमा ग्राहक र ब्रान्ड प्रतिनिधिहरूलाई एकै स्थानमा समेट्दै “स्ट्रेन्थनिङ कस्टमर ट्रस्ट थ्रु डायरेक्ट इन्गेजमेन्ट ” भन्ने मूल नारासहितको ग्राहक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। फोटोनको आफ्ना ग्राहकसँग नजिक रहेर दीर्घकालीन सम्बन्ध निर्माण गर्ने निरन्तरको प्रयास अनुरुप कार्यक्रम आयोजना गरिएको थियो।
यस ग्राहक भेटघाटको मुख्य उद्देश्य प्रत्यक्ष अन्तरक्रियामार्फत फोटोन सवारीसाधनको ‘कस्टमर फर्स्ट’ दृष्टिकोणलाई अझ मजबुत बनाउनु रहेको थियो। कार्यक्रममा विश्वास निर्माण, ग्राहक अनुभव बुझ्ने, फिडब्याक संकलन गर्ने तथा नेपालको पश्चिमी क्षेत्रका ग्राहकहरूसँग दीर्घकालीन सम्बन्ध सुदृढ गर्ने विषयमा विशेष ध्यान दिएको बताइएको छ।
‘धनगढी कस्टमर मीट’ले ग्राहकहरूलाई फोटोन टिमसँग प्रत्यक्ष संवाद गर्न खुला मञ्च प्रदान गरेको थियो। ग्राहकहरूले गाडीको प्रदर्शन, सर्भिस सपोर्ट र दैनिक सञ्चालनसँग सम्बन्धित आफ्ना अनुभवहरू साझा गरेका थिए भने ब्रान्डसँगका आफ्ना भावी अपेक्षाहरूबारे छलफल पनि गरेका थिए। यी अन्तरक्रियाहरूले फोटोनलाई क्षेत्रीय सञ्चालन अवस्था र ग्राहक आवश्यकताबारे महत्वपूर्ण जानकारी प्राप्त गर्न सहयोग पुर्याएको जनाइएको छ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा फोटोनका विभिन्न सवारीसाधनहरू प्रदर्शन गरिएको थियो, जसमा टुनल्यान्ड जी७, माउन्टेन ईभी, लो रूफ भ्यान र सोकोन ईभी भ्यान समावेश थिए। यस प्रदर्शनमार्फत ग्राहकहरूले फोटोनका व्यावसायिक तथा विद्युतीय सवारीसाधनहरूलाई नजिकबाट अवलोकन गर्दै नेपालका बदलिँदा मोबिलिटी आवश्यकताहरूलाई कसरी सम्बोधन गरिएको छ भन्ने जानकारी लिने मौका पाएको बताइएको छ।
कम्पनीका अनुसार, ब्रान्डले वास्तविक प्रयोगबाट प्राप्त प्रतिक्रियालाई सुन्ने र त्यसका आधारमा स्वामित्व अनुभव सुधार गर्ने आफ्नो प्रतिबद्धता पुनः दोर्होयाउनु का साथै, फोटोनले बिक्रीमा मात्र केन्द्रित नभई नेपालकै लागि विशेष रूपले तयार व्यावसायिक मोबिलिटी सोलुसन्स र दीर्घकालीन साझेदारी निर्माण गर्ने आफ्नो दृष्टिकोण पनि स्पष्ट गर्यो।
फोटोनको १५३ भन्दा बढी स्थानमा रहेको चार्जिङ नेटवर्क र धनगढी क्षेत्रमा विस्तार भइरहेको चार्जिङ पूर्वाधारबारे पनि जानकारी दिएको बताइएको छ।
यस ग्राहक भेटघाटमार्फत फोटोनले धनगढीका ग्राहकहरूसँग पारदर्शी संवाद, भरपर्दो सहयोग र दीर्घकालीन साझेदारीप्रतिको आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्दै ब्रान्ड र यसको सेवा संयन्त्रप्रतिको विश्वास अझ सुदृढ बनाएको कम्पनीले जनाएको छ।
सम्बन्धित समाचार
कस्तो रहला आजको मौसम ?
प्रोटोन इ.मास ५ : नाइमा नेपाल मोबिलिटि एक्सपोको विशेष आकर्षणको हब
हायर पर्चेज कर्जाको ब्याजदरमा राष्ट्र बैंकको कडाइ
चेरी वान्डाका ईभी भ्यान, बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पोमा
“एट्टो सिरिज” को न्यु जेनेरेसन नेपालमा, बीवाईडीले नाइमा एक्सपोमा सार्वजनिक गर्यो अपडेट मोडल
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक

