नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक,यस्ता छन् १० भिजन
काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा आफ्नो विस्तृत प्रतिज्ञापत्र सार्वजनिक गर्दै आगामी पाँच वर्षको लागि राष्ट्रिय रुपान्तरण मार्गचित्र अघि सारेको छ। ऐतिहासिक महत्व बोकेको जनकपुरधाममा आयोजित विशेष समारोहबीच सभापति गगन कुमार थापा,उपसभापति तथा निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा,उपसभापति पुष्पा भुषाललगायत शीर्ष नेताहरुको उपस्थितिमा ‘समुन्नत नेपाल’,’सम्मानित नेपाली’ मूल नारासहित दस्तावेज सार्वजनिक गरिएको हो। त्यसपछि पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै भिजनका मुख्य आधार र कार्ययोजना सार्वजनिक गरिएको बताइएको छ।
कांग्रेसले यसपटक स्पष्ट बहुमतसहित लोकतान्त्रिक,उत्तरदायी र लोकहितमुखी सरकार गठन गर्ने लक्ष्य लिएको जनाएको छ। पार्टी प्रवक्ताका अनुसार प्रतिज्ञापत्र केवल चुनावी प्रतिबद्धता नभई कार्यसम्पादनको मापदण्डसमेत हो,जसका आधारमा आगामी दिनमा जनताले पार्टी र नेतृत्वको मूल्यांकन गर्न सक्नेछन्। काग्रेसले कुनै बहाना वा परिस्थितिको आडमा जिम्मेवारीबाट पछि नहट्ने अडान दाहोर्याएको छ।
कांग्रेसले सार्वजनिक गरेको १० बुँदे दृष्टिकोणमा नागरिकको आत्मसम्मानदेखि समग्र राष्ट्रिय समृद्धिसम्मका लक्ष्य समेटिएका छन्। ती बुँदा यस प्रकार छन्:-
१.सम्मानपुर्वक बाँच्न पाउने नेपाल
२.सपना देख्न र पूरा गर्न सक्ने वातावरण
३.सम्पत्ति र रोजगारी सिर्जनालाई प्रोत्साहन
४.आत्मनिर्भर कृषि र सम्मानित किसान
५.सबैका लागि सहज स्वास्थ्य सेवा
६.आर्थिक भाररहित गुणस्तरीय शिक्षा
७.विधिको शासन र सुशासन
८.मौलिकता जोगाउँदै आधुनिकता
९.विश्वमा स्वाभिमानी राष्ट्रको पहिचान
१०.तीव्र गतिमा सम्मुनतितर्फ अघि बढ्ने नेपाल
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


