देशभर पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव : मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना
काठमाडौं । हाल देशभर पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
विभागका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभामामा साधरणतया बादल लाग्नेछ। बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेश को पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आज राती तराई भूभागका थोरै स्थानहरूमा तुँवालो रहनेछ। देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ, पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मौसम मुख्यतया सफा रहने। कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।
सम्बन्धित समाचार
कस्तो रहला आजको मौसम ?
प्रोटोन इ.मास ५ : नाइमा नेपाल मोबिलिटि एक्सपोको विशेष आकर्षणको हब
हायर पर्चेज कर्जाको ब्याजदरमा राष्ट्र बैंकको कडाइ
चेरी वान्डाका ईभी भ्यान, बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पोमा
“एट्टो सिरिज” को न्यु जेनेरेसन नेपालमा, बीवाईडीले नाइमा एक्सपोमा सार्वजनिक गर्यो अपडेट मोडल
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक

