Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

बढ्यो सुन-चाँदीको मुल्य, आज कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, १४
बढ्यो सुन-चाँदीको मुल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ। बुधबार स्थिर रहेको सुनको मुल्य आज प्रतितोला ६ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १५ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला तीन लाख १४ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला पाँच हजार सात सय १५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रूपैयाँले बढेर पाँच हजार सात सय २५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स