मतदानका दिन कस्ता सवारीचालकले मात्रै पाउँछन सवारी पास ?
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका दिन अत्यावश्यक सेवामा प्रयोग हुने सवारीसाधनलाई पास आवश्यक नपर्ने व्यवस्था गरेको छ । खानेपानी,दूध,फलफुल,तरकारी,माछा मासु ढुवानी गर्ने सवारीसाधनलाई बिना अवरोध सञ्चालन गर्न दिइने आयोगले जनाएको छ ।
दमकल,एम्बुलेनस,शववाहन तथा पे्रटोलियम पदार्थ बोकेका सवारीसाधनलाई पनि पास नलिई चल्न दिइने व्यवस्था गरिएको छ । दूरसञ्चार,विदुयुत् ढल मर्मत सम्भारका सवारी तथा अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी ओसारपसार गर्ने सवारीलाई समेत सहज आवागमनको अनुमति दिइएको छ ।
हवाई यात्रु,गर्भवती,सुत्केरी,अशक्त,जेष्ठ नागरिक र उनीहरुका सहयोगी बोकेका सवारीसाधन तथा कूटनीतिक नियोग,पर्यवेक्षक मानवअधिकार अनुगमन र प्रेस पास भएका सञ्चारमाध्यमका सवारीलाई पनि निर्वाध सञ्चालनको व्यस्था गरिएको छ ।
यसैबीच,सवारी पास जारी गर्न निर्वाचन आयोग परिसरमा एकीकृत डेस्क स्थापना गरिएको छ,जहाँ काठमाडौँ,भक्तपुर र सेवागाहिलाई पाससम्बन्धि सेवा उपलब्ध गराउँदै आएको आयोगले जनाएको छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


