Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

बिर्को बन्द भएको कलम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, जेष्ठ, १०
बिर्को बन्द भएको कलम

समाजमा देखिएका जीवनमा भोगिएका अन्तर मनका विचारलाइ कलमको सहाराले जनमानस सम्म प्रस्तुत गर्ने मेरो इच्छा बाल्यकाल देखिनै थियो ।लेखक बनेर समाजको चित्रण गर्ने ।यस्तै १४-१५ बर्षको उमेरको थिए होला, गाउँले जन जीवन लेखलाई छापाखाना सम्म पुर्याउने सामर्थ्य थिएन । दुई तीन जना दौँतरी मिलेर आफ्नो विचारलाइ कापीका पानामा लेखी चोकको भित्ताहरुमा टास्ने गर्थिउ।स्कुलमा भित्ते पत्रिका मार्फत फुच्चे लेखकको उपमा पाएको थिए ।त्यही उपमा मेरो लेखनको उर्जा बन्दै थियो ।सरहरु भन्ने गर्थे “लेख्ने गर अझ तिखारिन्छ लेखन ” । कथा,कविता, निबन्ध -समाजमा देखिएका घटना आदि इत्यादी हुने गर्थे मेरा लेखनका विषय बस्तुहरु।

लेख्नु त्यति सजिलो छैन ।जो लेख्दै लेख्दैन उसलाइ न लेखाइको कष्ट थाहा हुन्छ न लेखको मर्म नै थाहा हुन्छ । उसको उदेश्य लेखकलाइ दोस दिनु , ठेस पुर्याउनु मात्र  हो । खाली यो भएन त्यो भएन भन्न सियाय केहि हुन्न । लेखनमा पनि एकको खुट्टा अर्कोले तान्ने प्रवृत्ति हाबी छ ।पाए सम्म भीरबाट नै खसाइदिने ।जिस्क्याउने-खिस्सीटेउरि गर्ने ब्यक्तिको कमि छैन ।

कुनै दिन लेख्छु भनेर बन्द कलमको बिर्को खोली  घोत्लिएर बसो शुन्य हुन्छ दिमाग ।कोहि दिन हिंड्दा हिंड्दै फुर्छ् कलमको मसि नै सकिने गरिको बिचार ।कलम रोकिने ठाउ सम्म भेटिन्न ।तर पनि मैले मेरो लेखनको क्रमलाई निरन्तरता

दिइरहे ।लेखन अन्तरमनका भावनाहरुलाई शब्दको माध्यमबाट प्रस्तुत गर्नु मात्र होइन ।शब्दलाई मिलाएर पाठकको मन छुने सरलरिकृत रूपमा पस्कनु पनि हो लेखन ।

जीबन भोगाइको दौरान सगै डिग्री अध्ययनको शिलशिलामा राजधानीको बसाई सुरु भयो ।मेरो लेखन निरन्तर रुपमा चलीरहेको थियो ।छिटफुट राजधानीका अखबारमा मेरो लेख देखिन थाले ।मनमा लागेका मेरा विचारलाई अखबारमा प्रस्तुत गर्दै गर्दा नाम मात्रको भएनि परिचय बनाइएछ । लेखन द्वारा मेरो आर्थिक मामिला चाहि हात लागो सुन्य थियो ।एक दिन कोढ़ामा बसेर लेख्दै थिए ।साथी अफिसबाट आइपुग्यो ।के गर्दै छ्स हौ ? भन्ने प्रश्न तेर्साउदै तेरो यो तालले राजधानीमा जीवन नचल्ने भयो।भदै अर्ती दिन थाल्यो।”हेर काठमाडौं तैले सोचे जस्तो सजिलो छैन यहाँ बाच्न र चल्न तेरो यो फ्री को लेखाइले जीबन चल्दैन केटा , बेलैमा बिचार गर, मैले भनेको मान्छस भने जागीर खोजेर खा होइन भने दु:ख पाउलास पछि ” ।साथीले दिएको सल्लाहले त्यो दिन म रात भरी जाग्राम बसे निदाउन सकिन।होपनि मेरो बिना आर्थिक लाभको श्रमदानले यो काठमाडौंमा जीबन चल्न गाह्रो थियो ।यहाँ पिसाब फेर्न त पैसा बिना पाइन्न, पेट कसरी पाल्नु ? जीवन चल्न सजिलो छैन ।लेखनले पेट पाल्न नसकिने रहेछ ।त्यही रात मैले अब नलेख्ने निधो गरे । मेरो लेखनकलालाइ बिटमारे खोलिएको कलमको बिर्को बन्द गरिदिए ।

जेनतेन जीवन ब्यथित हुन्दै गयो।अरुले लेखेका कुरा पढ्दै गए ।आफु भित्रका आफ्ना उकुसमुकुस कहिले पनि अक्षरमा प्रस्तुन गरिन ।

समयले अलि लामै नेटो काटि सकेछ ।फेरि आज केहि अन्तरमनका विचारहरुलाई अखबारका पानाहरुमा पोख्न थालेको छु ।देशमा देखिएका बिकृती बिसङगति विरुद्धमा कलमको निव घोटेको छु ।मेरो प्रयासले परिबर्तन होला नहोला तर पनि म लागी परेको छु ।अहिले पनि अर्का थरी साथीहरु सोध्ने गर्छन ।के कति कमाउछौ हौ लेखेर ?अहिले पनि प्रती-उत्तरमा उहि पुरानो उत्तर नै छ म सङग। लेखेरै पालिने लेखक भेटेको छैन मैले ।तर पनि लेख्न थालेको छु फेरि एक पटक श्रमदान गर्ने मनसायले बन्द भएको कलमको बिर्को खोलिएको छ ।

मुरारी दुंगेल

मैतिदेवी काठमाडौं

naima expoTop Changing Nepal

युट्युब सट्स