भयरहित वातावरणमा मतदान गरौँ, कांग्रेस सबैभन्दा ठूलो दल बन्दैछ: विश्वप्रकाश
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन् । पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ मेचीनगर ९ कविशिरोमणी माविको मतदान केन्द्रमा बिहान मतदान गरेका हुन् ।
उनले बिहीबार बिहान साढे ७ बजे मतदान गरेका हुन् । उनले सबैलाई मतदान गर्न आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘बिहानै मतदान गरियो । यो लोकतन्त्रको सबैभन्दा सुन्दर अभ्यास हो ।म अपेक्षा गर्दछु यो अभ्यासमा जति पनि मतदाता हुनुहुन्छ सम्भव भएसम्म आफ्नो विवेकलाई प्रयोग गर्नुहुनेछ । आवेगमुक्त भएर मतदाताले अबको देशको समाधानका लागि आफ्नो निर्णय दिनुहुनेछ ।’
कांग्रेसका केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजकसमेत रहेका उपसभापति शर्माले पार्टीको माहोल राम्रो रहेको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘म नेपाली कांग्रेस पार्टीको एउटा प्रतिनिधिको रूपमा अहिले मतदान गरिरहँदै गर्दा निश्चय नै नेपाली कांग्रेस पार्टीको चुनाव चिन्ह रूखमा मतदान गरेको छु । र अपेक्षा गर्दछु नेपाली कांग्रेस पार्टी सबैभन्दा ठूलो दलका रुपमा निर्वाचनबाट विजयी हुँदैछ ।’
कांग्रेसको माहोलबारे उनले थप भने, ‘ निर्वाचन अभियानका क्रममा करिब ४०-४५ जिल्ला सातै ओटा प्रदेशका सुदूरपश्चिमको डोल्पादेखि दिएर सुदूरपूर्वको सोलु पाँचथरसम्म मनाङदेखि लिएर मधेसको महोत्तरीसम्म पुगिरहँदै गर्दा नेपाली कांग्रेसको पक्षमा माहोल देखिएको छ । यो अभ्यासमा कहीँ पनि देशभरि आवेग र उत्तेजना बेगर सबैलाई मतदान गर्नलाई राजनीतिक दलहरूलाई सद्भावपूर्ण वातावरणमा भयरहित वातावरणमा सहयोग गर्नमा लागि म अपील गर्न चाहन्छु ।’
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


