Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

रञ्जु दर्शना पुगिन् १० दिनको शिशु बोकेर मतदान गर्न

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २१
रञ्जु दर्शना पुगिन् १० दिनको शिशु बोकेर मतदान गर्न

काठमाडौं । काठमाडौं प्रतिनिधिसभा क्षेत्र १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शमा १० दिने शिशु (छोरा) बोकेरै मतदान गर्न पुगेकी छन् । चुनाव प्रचारप्रसारमा रहेकी उनी १० दिअघि निजामती अस्पताल बानेश्वरमा भर्ना भएकी थिइन् । उनले छोरालाई अस्पतालमै जन्म दिएकी हुन् ।

आज उनी १० दिने शिशु काखमा लिएरै मतदानका लागि पुगेकी हुन् । उनी चुनाव प्रचारकै क्रममा अस्पतालमा भर्ना भएकी थिइन् । केही दिन घरदैलो गर्दा भने उनी आफैँ श्रीमान्‌को सहारामा पुगेकी थिइन् । उनी अस्पताल भर्ना भएपछि भने पार्टीका नेता कार्यकर्ताले उनका लागि भोट माग्दै घरदैलो गरेका थिए ।

काठमाडौं १ मा रञ्जुसँगै नेपाली कांग्रेसका प्रबल थापा, राप्रपाका रवीन्द्र मिश्र, नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारी, नेकपा एमालेका मोहनराज रेग्मीसहित उम्मेदवारहरू चुनावी मैदानमा छन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स