सेयर किन्नुहोस्, पैसा दसैंपछि तिर्नुहोस्
अहिले सेयर किनेर दसैंपछि रकम चुक्ता गर्न मिल्ने सुविधाका कारण लगानीकर्ताले सेयर किन्न थाल्दा सेयर बजार उकालो लागेको छ ।
सेयर खरिद गरेको रकम दसैंपछि बुझाए पनि हुने भएकाले सेयर खरिदमा चाप देखिएको ब्रोकर बताउँछन् । दसैंमा खर्चको जोहो गर्न बिक्री गरेको सेयर कुनै न कुनै तरिकाले पुनः बजारमा फर्कने र त्यसले बजार बढ्ने सम्भावना देखेपछि लगानीकर्ताले सेयर किन्न थालेका छन् र त्यसैको परिणामस्वरुप सेयर बजार मापक नेप्से पुनः उकालो लागेको छ ।
दसैंपछि सेयर बजार बढ्ने सम्भावना देखेपछि लगानीकर्ता खरिद गर्न आकर्षित भएको विश्लेषकको भनाइ छ ।
विश्वासका आधारमा सधैं कारोबार गर्ने लगानीकर्ताहरुलाई दसैंपछि रकम बुझाए पनि हुने सुविधा दिइएको स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले बताए ।
कानुनतः सेयर कारोबार भएको तीनदिनभित्र राफसाफ गर्नुपर्ने हुन्छ । तर सार्वजनिक बिदा परेकाले त्यो अवधिभित्र बुझाउन ब्रोकर बाध्य हुने छैनन् । – नागरिकबाट
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


