Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

कालंगा आइड्रोको आइपीओ बिक्री खुला,स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, चैत्र, १०
कालंगा आइड्रोको आइपीओ बिक्री खुला,स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई  प्राथमिकता

काठमाडौँ । कालंगा हाइड्रोपआवरले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ बिक्रि खुला गरेको छ । कम्पनीले आफ्नो जारी पूँजीको ३५ प्रतिशत बराबर ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो,जसको कुल मूल्य ४९ करोड रुपैँया हुन्छ । यसमध्ये १४ लाख कित्ता प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ भने ३ लाख ५० हजार कित्ता वैदेहिक रोजगारीमा रहेका नेपालीका लागी सुरक्षित गरिएको छ ।

प्रभावित क्षेत्रका आवेदकहरुले चैत २४ गते देखि वैशाख ९ गतेसम्म आवेदन दिन सक्नेछन् भने विदेशमा रहेका नेपालीहरुले चैत १५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । १५.३३ मेगावट क्षमताको कालंगागाड जलविद्युत आयोजना निमार्ण गरेको कम्पनीले केयर रेटिगंबाट बीबी प्लस मूल्याकंन पाएको छ,जसले लगानीमा मध्यम जोखिम रहेको संकेत गर्छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स