नेपालमा उपलब्ध टिभीएस एनट्रक १२५ रेस एक्सपी स्कुटर: यस्ता छन् फिचरहरु
काठमाडौँ । जगदम्बा मोटर्सले आफ्नो नयाँ टिभीएस एनट्रोक १२५ रेस एक्सपी ब्ल्याक स्कुटर नेपालमा उपलब्ध रहेको छ । यो एनट्रोकको नयाँ भेरियन्ट हो भने विशेष गरी युवा र स्पोर्टी डिजाइन मन पराउने ग्राहकहरुका लागि तयार गरिएको कम्पनीले जनाएको छ । यस स्कुटरको कुल लम्बाई १८६१ एमएम,चौडाइ ७१० एमएम,उचाइ ११६४ एमएम र ह्वीलबेस १२८५ एमएम छ भने ग्राउन्ड क्लियरेन्स १५५ एमएम छ । यसको कर्ब वजन १११ किलोग्राम छ र इन्धन ट्याङ क्षमता ५.८ लिटर रहेको छ ।
कम्पनीका अनुसार यस स्कुटरमा ३ भल्भ,सिंगल सिलिन्डर,४ स्ट्रोक,एयरकुल्ड,फ्यूल इन्जेक्टेड इन्जिन हुन्छ,जसको क्षमता १२४.८ सीसी रहेको हुन्छ । यसको अधिकतम पावर १०.२ पीएसका साथै ७००० आरपिएम र टर्क १०.८ एनएमका साथै ५५०० आरपीएम रहेको छ । स्कुटरमा इलेक्ट्रिक स्टार्ट,स्पीड गियरबक्स,एलइडी हेडल्याम्प,१२ भोल्ट,४ एम्पिअर आवर मेन्टेनेनस फ्री ब्याट्री र बि एस ६ उत्सर्जन मापदण्ड पालना गरिएको छ ।
टिभीएस एनट्रोक १२५ रेस एक्सपी ब्ल्याक स्कुटरको ह्वील अगाडि १००/८०–१२ र पछाडि १००/८०–१२ ट्यूबलेस टायर प्रयोग गरिएको छ । ब्रेकको लागि अगाडि २२ एमएम डिस्क र पछाडि र पछाडि १३ एमएम ड्रम छ । सस्पेन्सनमा फ्रन्ट टेलिस्कोपिक हाइड्रोलिक ड्यापर र पछाडि कोइल स्प्रिंग हाइड्रोलिक ड्याम्पर राखिएको छ । स्कुटरको उपलब्ध रंगहरु रेस रेड ब्ल्याक र डार्क ब्ल्याक हुन् । नेपालमा यसको मूल्य रु.३,२५,९०० रहेको कम्पनीले बताएको छ।
सम्बन्धित समाचार
हायर पर्चेज कर्जाको ब्याजदरमा राष्ट्र बैंकको कडाइ
चेरी वान्डाका ईभी भ्यान, बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पोमा
“एट्टो सिरिज” को न्यु जेनेरेसन नेपालमा, बीवाईडीले नाइमा एक्सपोमा सार्वजनिक गर्यो अपडेट मोडल
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक


